२०८२, १० जेष्ठ शुक्रबार
कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780
Categories
शिक्षा समाचार

अन्तराष्ट्रिय तथा राष्ट्रिय शिक्षा दिवस वतृत्वकला प्रतियोगिता

img

राजविराज, २ असोज । अन्तराष्ट्रिय तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा आज सप्तरीको खडक नगरपालिकामा वतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

“बिद्यालयमा सबै वालबालिकाको सहभागिता सुनिश्चित गर्दै गुणस्तरिय शिक्षाको पहुच” भन्ने नाराका साथ सेभ द चिल्ड्रेन ÷सबल नेपालको समन्वय तथा सहकार्यमा खडक नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा कल्याणपुरले भ.स.रा.ज.मावि कल्याणपुरमा बुधबार आयोजना गरेको वतृत्वकला प्रतियोगितामा खडक नगरपालिका भरीका माध्यमिक तथा आधारभुत बिद्यालय तहका छात्र÷छात्राहरुले भाग लिएका छन ।

खडक नगरपालिका नगरप्रमुख जयप्रकास चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको वतृत्वकला प्रतियोगितामा ११ वटा माध्यमिक तथा आधारभुत बिद्यालय तहका बिद्यालयबाट छात्र÷छात्राहरुको सहभागिता रहेको थियो ।

खडक नगरपालिका शिक्षा शाखा प्रमुख वीरेन्द्र कुमार यादवको अध्यक्षतामा सम्पन्न उक्त प्रतियोगितामा बिभिन्न बिद्यालयबाट २१ जना छात्र÷छात्राले “बिद्यालयमा सबै वालबालिकाको सहभागिता सुनिश्चित गर्दै गुणस्तरिय शिक्षाको पहुच” सम्बन्धि बिषयमा वतृत्वकलाको जवाफ प्रस्तुत गरिएको थियो ।

सो वतृत्वकला निर्णयक मण्डलका अनुसार प्रथम स्थान प्राप्त सुरज मण्डल मावि सिस्वा–वेल्ही, दोश्रो मा.वि. पन्सेरा दिपेश कुमार सरदार ,तेश्रो हरिषराज साह. मावि भैरवगञ्ज, वेल्हा र सान्तवना रुपेश कुमार राम .मावि फुलवाडियाले प्राप्त गरेका छन ।

वतृत्वकला प्रतियोगिहरुलाई शिक्षा शाखा प्रमुख बिरेन्द्र यादवले प्रमाणपत्र,ज्यामिती बक्स,बल पेन,कापी र प्रमाणपत्र हतान्तार गर्नुभएको थियो ।

यस्तै वतृत्वकला प्रतियोगितमा सहभागिहरुलाई कापी र बल पेन समेत बितरण गरिएको थियो । कार्यक्रममा बिभिन्न बिद्यालयका प्रअ,बिद्यालयका शिक्षक शिक्षिका , सबल नेपाल कर्मचारी तथा अतिथिहरुको सहभागिता रहेका थिए ।

img

Tags
कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780