२०८२, १० जेष्ठ शुक्रबार
कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780
Categories
समाचार स्थानीय

लोखरममा बिभिन्न राहत बितरण

img

राजविराज, १६ असोज । बाढी प्रभावित क्षेत्रमा बिभिन्न समानहरु लोखरममा आज बितरण गरिएको छ ।

छिन्नमसता गाउँपालिका वडा नं. ५ स्थित लोखरममा सेभ द चिल्ड्रेनको सहयोगमा सेभ द सप्तरीले त्यहाँ रहेका १५० जना दलित समुदायलाई शुद्धपानी पिउनका लागि फिल्टर दिइएको छ ।

पालिका उपाध्यक्ष राजोदेवी यादवको प्रमुख आतिथियमा बितरण समहारोमा ३५ जना गर्भवती महिलाको लागि २ थान ब्यालेङकेट , २ थान झुल,२ थान डिगनीट किट,१ थाल अलुमुनियम म्याट र १ थानका दरले फिल्टर समेत दिएको छ ।

त्यस्तै २ बर्ष मुनीका बालबालिकाहरुको लागि समेत स्वास्थ्य सामग्री दिइएको छ । एक वटा बेबि किट र एक थान फिल्टर समेत दिए । सो क्षेत्रमा करिब ४ लाख ९८ हजार मुल्यबराबरको राहत बितरण गरिएको छ । वडा अध्यक्ष जयप्रकास ठाकुरको अध्यक्षतामा सम्पन्न भएको राहत सामग्री कार्यक्रममा सेभ द चिल्ड्रेनका उमेश गुप्ता,असबिर सारु, सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देव,सचिव नरेन्द्र यादव,अनुगमन अधिकृत मिथिलेश यादव,फिल्ड अधिकृत मुकेश मण्डल र कृषि प्राबिधिक रामकुमार साहसहितका उपस्थितमा राहत दिइएको हो ।

img

Tags