२०८२, १० जेष्ठ शुक्रबार
कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780
Categories
राष्ट्रिय

टिपरमा गिटी र बालुवाले छोपेर भारततर्फ लैजादै गरिएको १ हजार ७ सय १७ किलो गाजा बरामद

 

राजविराज, ४ मंसिर । पहाडी क्षेत्रबाट टिपरमा लोड गरि सप्तरीको राजगढ गाउँपालिका हुँदै भारततर्फ लैजादै गरिएको ठूलो मात्रामा प्रतिबन्धित लागुऔषध गाजासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि उक्त गाजाको बरामद बारे जानकारी दिएको हो ।
प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले राजगढ गाउँपालिका वडा नं. ४ बेल्हीचपेनास्थित शनि मन्दिर अगाडीबाट सोमबार राती प्रहरीले चेकजाच गर्ने क्रममा ५६ बोरामा रहेको १ हजार ७ सय १७ किलो गाजा बरामद गरिएको जानकारी दिए ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले पत्थरगाढाबाट झुटकी जाँदै गरेको अवस्थामा चेकजाच गर्ने क्रममा को१.ख.६५०३ नम्बरको टिपरमा ढुंगा र बालुवाले छोपेर ५६ वटा बोरामा लुकाई राखिएको गाजा बरामद गरेको प्रहरी उपरिक्षक खतिवडाको भनाई छ ।
गाजासहित प्रहरीले धनकुटाको शहिदभूमी गाउँपालिका निवासी ३३ वर्षिय टिपर चालक यमजित राईलाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।         श्रोतका अनुसार नेपालको पहाडी भू–भागमा गाजाको उत्पादन गरि तराईको बाटो हुँदै भारतको विभिन्न स्थानमा तस्करी गरि पु¥याइने गरिन्छ । यसका लागि भारतसँग जोडिएको मधेशको विभिन्न जिल्लाबाट रातीको समयमा विभिन्न माध्यमबाट गाजाको तस्करी हुने गर्छ । एक वर्ष अघि मात्र यस्तै माध्यमबाट झण्डै ८ सय किलो गाजा जिल्लाको कल्याणपुर सडकखण्डमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780