२०८२, १० जेष्ठ शुक्रबार
कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780
Categories
समाचार स्थानीय

सप्तरीमा १६ जना फरार अभियुक्त पक्राउ

img

राजविराज, ४ मंसिर ।सप्तरी प्रहरीले फरार अभियुक्तमाथी कडा निगरानी र अनुसन्धान बढाएसंगै विभिन्न अपराधका अभियुक्तहरु एकपछि अर्का पक्राउ पर्ने क्रम बढ्दै गएको छ ।
यसैबीच प्रहरीले अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद र जरिवाना तोकिएका फरार १६ जना अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा घरेलु हिंसाका मुद्दाका सर्वाधिक ४ जना छन । यस्तै जालसाजीका ३, अपराधिक उपद्रव र कुटपिटका २÷२ तथा कुटपिट अंगभंग, चेक अनादर, वन मुद्दा, चोरी मुद्दा, आदेश अवहेलना मुद्दाका १÷१ अभियुक्त रहेका छन ।
अपराध घटनाको अनुसन्धान तथा अदालतको पैmसला कार्यान्वयन गर्ने क्रममा फरार भइ लुकिछिपी वसेकाहरु सुराकी र निगरानी बढाएसंगै धमाधम पक्राउ पर्न थालेको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । यसरी पक्राउ परेकाहरुलाई कैद तथा जरिवानाका लागि जिल्ला अदालतमा दाखिला गरिएको छ ।
यस बाहेक फरार सूचिमा अझै ३ हजारको हाराहारीमा अभियुक्त रहेकाले उनीहरुको पनि खोजतलास गरिरहेको प्रहरी उपरिक्षक खतिवडाले जानकारी दिए ।