२०८२, १० जेष्ठ शुक्रबार
कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780
Categories
समाचार स्थानीय

हाटीमा बीस दिने  सिलाई कटाई तालिम सम्पन्न

img

राजविराज, ५ मङसिर । समुन्नति कार्यक्रम अन्र्तगत यहाँ सिलाई कटाई सम्बन्धित दिइएको बीस दिने तालिम सम्पन्न भएको छ  ।
सेभ द चिल्ड्रेनको सहयोगमा सेभ द सप्तरीको आयोजनामा सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ७ हाटीमा स्वरोजगार “गरौ आत्मनिर्भर बनौ” भन्दै एडभान्स सिलाई कटाई शिपमुलक तालिम दिइएको हो  ।
सिलाई कटाई तालिममा एक पुरुष र ९ जना महिला सहित १० जनाको सहभागिता रहेको थियो । उक्त तालिममा छिन्नमस्ता र बिष्णपुर गाउँपालिका तथा राजविराज नगरपालिकाका स्थानियको सहभागिता रहेको थियो । तालिमको  सहजिकरण  भने अलमत मन्सुरीले गरेका थिए  ।
वडा सदस्य सफिद रहमान मन्सुरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सेभ द सप्तरीका सुमन चौधरी र बद्रीनारायण  मण्डल सहभागिता रहेको थियो ।
यहाँ २० दिन सम्म सिलाई कटाई सम्बन्धि तालिम लिएकाहरुले गुणस्तरीय शिप सिकेर आफनो जीविकाउपार्जन आफै गर्न सकिने सेभ द सप्तरीका(फिल्ड अधिकृत राजीव चौधरीले बताउनुभयो  ।