२०८२, १० जेष्ठ शुक्रबार
कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780
Categories
भिडियो शिक्षा समाचार सुचना प्रविधि

खडकमा हाजरी जवाफ प्रतियोगिता सम्पन्न

img

राजविराज, ७ मङ्सिर । यहाँ नगर स्तरिय निःमावि तह हाजरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
जिल्लाको खडक नगरपालिका स्थित कल्याणपुरको भ.स.रा.ज.माध्यमिक बिद्यालयमा शुक्रबार आयोजित नगर स्तरिय निःमावि तह हाजरी जवाफ प्रतियोगितामा १२ वटा समुदायिक बिद्यालयको सहभागिता रहेको थियो ।
सेभ द चिल्ड्रेन÷सबल नेपाल समन्वय तथा सहकार्यमा खडक नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको प्रतियोगितामा प्रथम मा.बि. फुलवडियाँका करण कुमार साह,सम्झना साह,मो.आलम, दोश्रो स्थानामा मा.बि पन्सेराका निरमाया कुमारी चौधरी,रोहित कुमार साह,सुमन चौधरी, तेश्रो स्थानमा मा.वि. बनरझुलाका मो.शाहिल, निरुता चौधरी,निषा चौधरी र सन्तवना तर्फ आधारभुत बिद्यालय खोजपुरका दिनेश कुमार राम,पुष्पाञ्जली कुमारी चौधरी,लुकेश कुमार पासमान,मा.बि दुहवी तर्फ शिवनन्द साह,रसिका कुमारी साह,रोनक कुमार साह रहेका छन ।
शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख वीरेन्द्र कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बिशिष्ट अतितिहरु बिभिन्न बिद्यालयका प्रअ तथा शिक्षकहरु र सबल नेपालका सुरभाइजर अशोक कुमार साह लगायत सहभागि थिए ।
प्रथम,दोश्रो,तेश्रो तथा सनतवना प्राप्त गरेकाहरुलाई शैक्षिक सामग्री तथा प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै नगर स्तरिय निःमावि तह हाजरी जवाफ प्रतियोगितामा सहभागि भएका बिद्यालयका बालबालिकालाई समैत शैक्षिक सामग्री दिइएको थियो  ।