२०८२, १० जेष्ठ शुक्रबार
कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780
Categories
भिडियो राष्ट्रिय समाचार सुचना प्रविधि

तीन÷तीन पटक म्याद थप गरेपनि गजेन्द्रनारायण सिंह अस्पतालको नयाँ भवन निर्माण अधुरै

img

राजविराज, ८ मङ्सिर । तीन सय र्शैयाको गजेन्द्रनारायण सिंह अस्पतालमा निर्माण थालिएको नयाँ भवन निर्माण कार्य अझै अधुरो नै रहेको छ ।

सप्तरीको राजविराजमा रहेको सो अस्पताल तीन वर्ष ६ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । तर पाँच ÷छ वर्ष समय बितिसक्दा पनि अस्पतालमा निर्माण थालिएको नयाँ भवन पूरा हुन सकेको छैन ।

अस्पताल भवन निर्माण नहुदा अस्पतालको पुरानो भवनमा जोखिम पुर्ण अवस्थामा उपचार सेवा दिनुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ ।

समयमा अस्पतालको नवनिर्मित भवन निर्माण कार्य सम्पन्न नगरेपछि (ओपिडि) सेवा अहिले प्रसुति सेवाको लागि निर्माण गरिएको भवनमा सारेर डाक्टरहरुलाई राखेर जनताको सेवा दिइरहेको अस्पताल प्रशासनले जनाइएको छ ।

सहरी विकास मन्त्रालयबाट रु ३१ करोड ६ लाख २० हजार एक सय ४७ रुपैयाँमा काम गर्ने ठेक्का पाएको काठमाडौंको कन्टेकट जेई जेभीले १६ पुस ०७५ मा अस्पताल भवन निर्माणको सम्झौता गरेको थियो ।

निर्माण कम्पनीले १५ असार ०७८ भित्र भवन निर्माण गरिसक्नुपर्ने थियो। तर, निर्माण कम्पनीले तीनपटक म्याद थप गराए पनि अझै काम सम्पन्न गरेको देखिएको छैन ।

२०७५ साल पुस २६ गते तत्कालिन उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले गजेन्द्रनारायण सिंह अस्पतालको नयाँ अस्पताल भवनको शिलान्यास गर्नुभएको थियो ।

सुविधासम्पन्न उक्त भवनबाट रेडियोलोजी, प्याथोलोजी, मेडिसिन, सर्जरी, गाईनो, आइसियु तथा एनआइसियु, डायलाइसिस, इमजेन्सी लगायतका सेवा सञ्चालन हुने जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तिवारीले भवन निर्माण सुस्तगति हुदा थुप्रै समस्या भोग्नु परिरहेको बताउनुभयो ।

उहाँले अस्पतालमा सेवा दिन समस्या हुनुको साथै अस्पतालको ल्याव सेवा पुरानो भवनमा संचालन गरि सेवा दिनुपरेको बताउदै जनताको सेवाका लागि ‘ओपिडी, बिल काउन्टर, इमर्जेन्सी सबै ठाउँमा समस्या छ उहाँले भन्नुभयो । यहाँ नयाँ भवन बनेमा अस्पतालको व्यवस्थापन सजिलै हुन्थ्यिो ’ ‘बिरामी र बिरामी कुरुवाले भोग्नुपर्ने कठिनाई पनि हटथ्यो तर अस्पतालको भवन निर्माण सम्पन्न नहुदा सेवा प्रवाहमा समेत समस्या भइरहेको गुनासो गर्नुभयो ।

सप्तरीको तिरहुत गाउँपालिका १ का मुकेश कुमार यादवले अस्पतालमा नयाँ भवन नबनेका कारण उपचार सेवा प्रभावित देखिएको बताउनुभयो ।

उहाँले यस अस्पतालमा केही दिन अगाडी उपचारको लागि आफनो बुवालाई ल्याउदा ठाउँ अभावका कारण भुइमै राखेर उपचार गराउनु परेको गुनासो गर्नुभयो । साथै अस्पतालमा भिडभाड बढी हुने तर भवनहरुको अभावमा एउटै ठाउँमा सबै उपचार सेवा नभएका कारण जहाँ त्यहाँ दोड धुप गर्नुपरेकाले जनता दुख पाइरहेको उहाँको भनाई थियो ।

सघन सहरी तथा भवन निर्माण आयोजना सप्तरीका अनुसार ठेकेदार कम्पनीलाई यही अगामी पुस महिनाभित्र अस्पताल भवन निर्माण सम्पन्न गर्न निर्देशन दिइएको छ । तिन÷तिन पटक ‘ठेकेदार कम्पनी कन्टेकट जेई जेभीलाई समय दिइएको सो समयमा काम सम्पन्न नगरे अव ठेक्का नै रद्द हुने कार्यालय प्रमुख सुरेन्द्र कुमार साहले बताउनुभयो ।

तराई मधेमास केही दिन यता चिसो बढन थालेृपछि बिरामीको चाप बढेका कारण अस्पतालमा बिभिन्न ज्वरो,खोकी र सरदीका बिरामीको चाप बढेको अस्पतालले जनाइएको छ ।

img

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780