२०८२, १० जेष्ठ शुक्रबार
कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780
Categories
शिक्षा समाचार

सबल नेपालले बिद्यालयको शिक्षा स्तर बढाउनका लागि भौतिक संरचना मर्मत गरेपछि विद्यार्थीको संख्यमा बृद्धि

img

राजविराज, ९ मंसिर । केही वर्ष अघिसम्म सरकारी विद्यालय भन्ने बित्तिकै विद्यार्थी मात्र होइन अभिभावक पनि यहाँ आउन हिचकीचाउ नै गर्देथ्यो । तर अहिले बिद्यालयको भौतिक संरचना मर्मत सम्भाव र रङ लगाएर चिटिक पारेपछि बिद्यार्थीको संख्यमा बृद्धि भएको छ ।
यस्तो उदाहरण बन्नेको छ सप्तरीको खडक नगरपालिका वडा ७ स्थित जनता रास्ट्रिय आधारभुत बिद्यालय कल्याणपुर । यहाँ निजी विद्यालयमा महँगो शुल्क तिर्न नसक्ने र कमआयस्रोत भएका अभिभावकले आफ्ना छोरोछोरी यही सामुदायिक विद्यालयमा भर्ना गरि रहेका छन ।
उचित ब्यवस्थापन र शिक्षकहरुको मेहनतको कारण सामुदायीक बिद्यालयहरुमा अभिभावक र बिद्यार्थीहरुको आर्कषण बढ्न थालेको हो । सरकारी बिद्यालयमा स्तरीय शिक्षा हुदैन भन्ने छाप बोकेर निजी बिद्यालय तिर आर्कषण बढी रहेको बिद्यार्थीहरुको संख्या ह्वात्तै बढेकोले बिद्यालयले अभिभावकहरुका मन जितन सफल भएको छ ।
सेभ द चिल्ड्रेनको सहयोगमा समुन्नति परियोजना अन्र्तगत सबल नेपाल भन्ने संस्थाले जनता रास्ट्रिय आधारभुत बिद्यालय कल्याणपुरमा जीर्ण रहेको बिद्यालय भवन मर्मत गरि दिएपछि बिद्यालयमा बिद्यार्थीको संख्या बढन थालेको बिद्यालयले जनाएको छ ।
बालबिकास देखि कक्षा ७ सम्म रहेको उक्त बिद्यालयमा सवल नेपाललले ३ औटा शैचालन,कार्यालय भवन,भन्सा घरसहित बिद्यार्थी बस्ने कोठा लगायत ११ वटा कोठा मर्मत सम्भार गरेको सबल नेपालका परियोजना संयोजक रोशन कुमार मण्डलले बताउनुभयो । जीर्ण कक्षाकोठाको मर्मत र बिद्यालय वरिपरी पानी निकासिका लागि नाला , आपाङमैत्री भरङग(सिढी) बनाई दिनुका साथै बालबिकासमा टरर्वो फयान,ज्यामिति सेट निर्माण,बालबिकास देखि कक्षा ३ सम्म पिफोम,कार्पेट,जुता राखिने रयाक ,६ कुनै रयाक,३ वटा स्मार्ट टिभी र खडक नगरपालिकाबाट थप्प एउटा टिभी सहयोग दिएपछि बिद्यार्थी र अभिभावहरु उत्साहित भएको उहाँले बताउनुभयो ।
गत बर्ष सम्म २८१ वटा बिद्यार्थीहरु अध्ययनका लागि आउदै थिए तर यस बर्ष त्यो भन्दा बढेर ४११ वटा बिद्यार्थीहरुको संख्या बढेको बिद्यालयका प्रअ लक्षमी प्रसाद बिश्वकर्माले बताउनुभयो
प्रअ सहित १० जना शिक्षक रहेको यस बिद्यालयमा ८० प्रतिशत बिद्यार्थी उपस्थित हुने गरेको जानकारी दिदै बिद्यालयमा सबल नेपालले भौतिक संरचना मर्मत सम्भार र नाला तथा बिद्यालयको भवनमा रङ पेन्टीङ गरेका कारण गत बर्ष भन्दा यस बर्ष बढी संख्यमा बिद्यार्थी भर्ना हुन आएको प्रअ बिश्वकर्माको भनाई छ ।
पुर्व–पश्मि राजमार्ग संगै उतरपटि कल्याणपुरमा रहेको यस बिद्यालयमा पछिल्ला दिनमा सरकारी विद्यालयले पनि निजी तथा आवासीय विद्यालय भन्दा राम्रो र गुणस्तरीय शिक्षा दिन थालेपछि अभिभावकहरु धमाधम आफ्ना छोराछोरी सरकारी विद्यालयमा पढाउन थालेका हुन् ।
२०५० सालमा स्थापना भएको यस बिद्यालयको शैक्षिक वातावरण राम्रो भएको र विगतदेखि नै बिद्यालयले गुणस्तरीय शिक्षाका कारण राम्रो नतिजा आउने गरेकाले यस विद्यालयमा विद्यार्थीको चाप समेत बढेको विद्यालयका शिक्षिका दिपमाला बिश्वकर्माले बताउनुभयो ।
सो बिद्यालयमा निजी विद्यालय छोडेर भर्ना हुन विद्यार्थी आउन थालेपछि कक्षाकोठा, फर्निचर लगायतका सामग्रीको थप व्यवस्थापन गर्नुपरेको जनाइएको छ ।
सबल नेपालका शिक्षा सुपरभाइजर अशोक कुमार साहका अनुसार यस बिद्यालयमा पढाउने बालशिक्षक देखि शिक्षक,शिक्षिकाहरुलाई सबल नेपालको तर्फबाट शिक्षकको स्तर बृद्धिका लागि बिभिन्न तालिम,गोष्ठी,कार्यशाला गोष्ठी र बिद्यालय ब्यवस्थापन समितिको काम कर्तब्यअधिकार बारे तालिम समेत दिइएको छ ।
सो बिद्यालयमा कक्षा ७ मा अध्यनरत मोहम्द समिर अन्सारीले जीर्ण भवनका कारण बिद्यालयमा बिद्यार्थी संख्या कम देखिन्थ्यो तर सबल नेपाललले भवनहरुको मर्मत र रङ लगाएर राम्रो बनाई दिएकाले आफुहरु समेत खुशी भएको बताउनुभयो । समयमा तालिम प्राप्त शिक्षकहरुबाट गुणस्तरीय पढाई हुन थालेपछि बिद्यार्थी संख्यमा समेत बढन थालिएको उहाँको भनाई थियो ।

img

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780