२०८२, १० जेष्ठ शुक्रबार
कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780
Categories
भिडियो शिक्षा समाचार सुचना प्रविधि

सुरक्षित हरित बिद्यालय घोषणा गरि ६१ औ स्थापना दिवस मनाइयो

img

राजविराज ११ मङ्सिर । सप्तरीको सुरुङगा नगरपालिकामा एक बिद्यालयलले सुरक्षित हरित बिद्यालय घोषणा गरि ६१ औ स्थापना दिवस मनाइएको छ ।
सुरुङगा नगरपालिका वडा नं. ८ मलहनमामा रहेको माध्यमिक बिद्यालयले कार्यक्रममा २०८१ नगर कार्यपालिका वाट पारित गरि सुचकहरु सुनिश्चित गरि नगरभरीका सवै विद्यालयलाई सुरक्षित तथा हरित, जंङ्क फुड फ्रि र प्लास्टिक जन्य फाहोर पदार्थ रहित विद्यालय घोषणा गर्न अभियान अन्तर्गत सबल नेपाल र सेभ द चिल्ड्रेनको साझेदार र सुरुङा नगरपालिकाको समन्वय तथा माध्यमिक बिधालय मलहनमाको आयोजनामा घोषणा कार्यक्रम सम्पन्न भएको छ ।यहाँ दश ओटा सुचक सहित हरित बिद्यालय घोषणा गरिएको हो । कार्यक्रममका प्रमुख अतिथि एवम सप्तरी क्षेत्र नं. ४(क)का प्रदेश सदस्य गोबिन्द न्योपानैले हरियो बिरुवा रोपेर कार्यक्रमको उद्धघाटन गरे । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बालक दास चौधरी थारुको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सुनिल कुमार पासवान,पुर्व नगरप्रमुख मुक्तिनाथ चौधरी,शिक्षा शाखा प्रमुख हिरालाल राणा,वडाअध्यक्ष श्याम प्रसाद साह,सबल नेपालका अध्यक्ष जुना गिरी,परियोजना संयोजक रोशन कुमार मण्डल,कार्यपालिका सदस्य,बिद्यालयका प्रअ ,शिक्षक,वडा सदस्य लगायत सहभागि थिए । कार्यक्रममा बिद्यालयलाई सहयोग गर्ने चन्दादाता तथा अतिथिहरुलाई सम्मान गरेको थियो ।
कार्यक्रममा सो बिद्यालयका कक्षा १ देखि ९ सम्म अध्यनरत बिद्यार्थी मध्ये प्रथम,दोश्रो र तेश्रो स्थान ल्याएकाहरुलाई शैक्षिक सामग्रहरु प्रदान गरेको छ । उक्त कार्यक्रममा बिद्यालयका बालबालिकाहरुले नृत्य प्रस्तुत गरेका थिए ।

सुरक्षित तथा हरित नमुना बिधालयको सुचक :-
१ . बिधालयमा बालबालिका
२.अभिभावकले निम्न कार्य गरेको हुनेछ
३. ब्यबस्थापन समितिले निम्न भुमिका निर्बाह गरेको हुनेछ
४.स्वास्थ तथा पोषण सम्बन्धि निम्न सुबिधाहरु भएको हुनेछ ।
५ . बिधालय तपसिलका शैक्षिक गतिविधि संचालन गरेको हुनेछ ।
६.बिधालय कक्षा कोठाको ब्यबस्थन तथा शैक्षिक गतिविधिको अवस्था
७.शैक्षिक सुचकको अवस्था
८.सुरक्षीत तथा संरक्षण बिधालयको सुचकहरु
९. हरित बिधालय सम्बन्धि सूचक
१० .हिंसा रहित बिधालय

img

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780