२०८२, १० जेष्ठ शुक्रबार
कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780
Categories
भिडियो समाचार सुचना प्रविधि स्थानीय

सबल नेपालको समुन्नती कार्यक्रम अन्तरगत , खडक नगरपालिकामा अनुगमन

img

राजविराज, २४ मङ्सिर । समुन्नति कार्यक्रम अन्तर्गत नगर कार्यक्रम सल्हाकार समिति फिल्ड अनुगमन यहाँ सम्पन्न भएको छ ।
सेभ द चिल्ड्रेन÷सबल नेपालको समन्वय तथा सहकार्य र नगर परियोजना सल्हाकार समितिको आयोजनामा जिल्लाको खडक नगरपालिका भित्र सबल नेपालले आयोजना गरेको कार्यक्रमहरुको अनुगमन गरिएको हो ।
नगरप्रमुख जयप्रकास चौधरीको नेतृत्वमा गएको अनुगमन टोलीले जिल्लाको खडक नगरपालिका ४अमहाका कृषक समुहले तरकारी खेतीवाट बार्षिक लाखौ आम्दानी गर्दै आएको पाइएको छ ।
नगरपालिकाको अमाहा टोलका रामजानकी कृषक समुहका १८ सदस्यहरूले तरकारी खेतीबाट बार्षिक ४० हजार देखि २ लाख सम्म आम्दानी गर्ने गरेको समूह सदस्य सुनिता चौधरीले बताउनुभयो ।
बस्तीका लगभव २ सय जना परिवारको दिनचर्या सो समुहका तरकारी खेतिबाट भइरहेको छ । ति सदस्यहरूले गरेको तरकारी खेतीको आम्दानीले पैसा बचत गरी घरपरिवार र बालबालिकाहरूको पठनपाठनमा लगानी लगाउने गरेको समुहका अध्यक्ष मानकीदेवी रामले बताउनुभयो ।
सबल नेपाल द्वारा संचालित समुन्नति कार्यक्रम अन्तर्गत उक्त समुहलार्ई लिजमा जग्गा उपलब्ध गराईदिएपछि उनीहरूको जीवनमा परिवर्तन हुँदै गएको छ ।
उक्त समुहले सामुहिक खेती अन्तर्गत अहिले काउली, बैगन, खुर्सानी, टमाटर जस्ता तरकारी खेती गरेका छन । ति खेतीबाट बार्षिक २ लाख ४० हजार बराबरको आम्दानी गरेको समुहका सदस्य रामकुमारी सदाले जानकारी दिनुभयो ।

सामुहिक खेती गर्न सिचाईको लागि हालै सोलार तथा डिप बोडिङको ब्यबस्था गरिदा सबै किसानहरु खुसी भएको समुहका सदस्य सुनिता बस्नेत बताउनुभयो । उहाँले यहाँ गरिएको तरकारी खेतिाम दैनिक रुपमा बादर तथा घोरगधाले हेरान गर्ने र बाली नष्ट गर्ने गरेकोले यसलाई नियन्त्रण गर्नु पहल गरि दिनहुन अनुरोध गरेका छन ।
सो क्रममा खडक नगरपालिका परियोजना सल्लाहाकार समिति द्वारा गरिएको संयुक्त अनुगमन टोली संयोजक जयप्रकाश चौधरीले कृषक समुहको समस्या बिउँको ब्यबस्थापन चाडै गरिदिने र एकै ठाउमा खेती योग्य जग्गा उपलब्ध गराईदिने समूह सँग प्रतिबद्धता गर्नुभयो ।
सो अनगुमन टोलीले खडक नगरपालिका ४ स्थित बागेश्वरी अधारभुत बिधालय अमहामा मर्मत सम्भार र रङ्गरोगनको अवस्था बारेमा समेत अनुगमन गरिएको छ ।
उक्त बिद्यालयमा सबल नेपालले भौतिक संरचना मर्मत तथा शैक्षिक सुधारका अवस्था राम्रो भए पश्यात बिद्यार्थीको उपस्तिथिमा दरमा वृद्धि भएको पाइएको छ । बिद्यालयका प्रअ दिप कुमार यादवले दरबन्दी अनुसार शिक्षक अहिले रहेको छ ।
बिद्यालयमा सबल नेपालले कार्पेट,पिफम,बोड, प्याडवोड, चुहिरहेको भवनको मर्मत तथा बिद्यालयको वन्र्डीवाल निर्माण गरिएका कारण पहिलाको तुलनमा बिद्यार्थीको संख्या बढेको छ ।
यहाँ गुणस्तरीय शिक्ष र बालविकास केन्द्र व्यवस्थापन, सिकाइ उपलब्धि मूलक रहेको शिक्षा शाखा प्रमुख बिरेन्द्र यादबले बताउनुभयो ।
त्यस्तै खडक नगरपालिका ३ स्थित बनरझुलामा संचालनमा रहेको बर्थिङ सेन्टरको निरिक्षण गरेको छ भने त्यहाँ अस्पताल संचालन गर्न सबल नेपालले सहयोग गरेको सामग्रीहरूको समेत जानकारी लिएको छ ।
सो क्रममा स्वास्थ्य शाखा प्रमुख वैद्यनाथ साहले किशोर किशोरी कक्ष संचालन तथा ब्यवस्थित गर्नका लागि सबल नेपालबाट राम्रो सहयोग पाएको बताउदै यहाँ दुई वटा दराज,टुलस ,फिर्फम कार्पेट लगायत अन्य स्वास्थ्य सामाग्रीहरु सहयोग प्राप्त भएको जनाकारी दिनुभयो । यहाँ मासिक ३०देखि ४० जना किशोरकिशोरी परामर्श लिन आउने गरेको बताइएको छ ।
यसैगरी नगर उप प्रमुख रिता कुमारी चौधरी सहितको टोलिले नगरपालिकाको ४ स्थित अधारभुत बिद्यालय गरुरहाको निरिक्षण गर्ने क्रममा यस बिद्यालयमा मर्मत सम्भार र रङ रोगन गरिएकोले सुन्दर हराभरा रहेको छ यसम अझ ब्यबस्थित गर्दिन नगर उप प्रमुखसँग स्थानिय शिक्षक र अभिभावकहरुले माँग गरेको छ । खडक नगरपालिका वडा नंं. ५ का उद्यमी सबिना चौधरीले सिलाई कटाई सम्बन्धि तालिम लिएर अहिले गाउँघरका अन्य ब्यक्तिलाई रोजगारी मुलक बनाउन सिकाई रहेको देखिएको छ । उनले सबल नेपालको सहयोगमा सिलार्य कटाई तालिम लिएका थिए । सोही वडामा वडा बाल अधिकार समितिले लागुऔषध र खेलकुद सम्बन्धि अनुगमन टोलीलाई जानकारी दिएका थिए ।टोलीमा खडक नगरपालिका वडा ३ का अध्यक्ष देब नारायण चौधरी , प्रशासन शाखा प्रमुख रामाकान्त चौधरी , स्वास्थ शाखा प्रमुख दिनेश झा, शिक्षा शाखा प्रमुख बिरेन्द्र कुमार यादब, कृषि शाखा शिबकान्त चौधरी, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा अनिता साह वडा ४ का वडा सदस्य राजेन्द्र चौधरी, बाल संजालको बालबालिका सबल नेपालका उपाध्यक्ष भुपेश कुमार साह, परियोजना संयोजक रोशन कुमार मण्डल लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

img

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780