२०८२, १० जेष्ठ शुक्रबार
कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780
Categories
समाचार स्थानीय

राजविराजमा जगन्नाथ रथयात्रा आयोजना गरिने

img

राजविराज, २ पुस ।  राजविराजमा जगन्नाथ रथयात्रा २०८१ को आयोजना गरिने भएको छ ।

आगामी १३ पुस शनिबारका दिन राजविराजमा जगन्नाथ रथयात्रा निकालिने भएको हो ।

आयोजक श्री कृष्णभक्त मण्डल सप्तरी एवं इस्कान राजविराजले आज बिहान पत्रकार सम्मेलन गरी जगन्नाथ रथयात्राबारे जानकारी गराएको हो ।

रथयात्रा निकाल्नुअघि ५ पुसमा कलश यात्रा गर्दै कथा प्रारम्भ गरिनेछ । राजविराज ७ स्थित लक्ष्मीनारायण राधाकृष्ण मन्दिर हटियामा ५ देखि ११ गतेसम्म कथा जारी रहने आयोजक समितिका अध्यक्ष हितेश यादवले जानकारी दिए ।

कथा प्रत्येक दिन दिउँसो २ बजेबाट शुरु भई साँझ ६ बजेसम्म जारी रहनेछ । मथुराको श्रीबरसानाधामबाट रामानुज दासजीले कथा वाचन गर्नेछन् ।

अध्यक्ष यादवले स्थानीयका साथै देशको बिभिन्न ठाउँ एवं भारतबाट समेत कृष्णभक्तहरु रथयात्रामा सहभागिता जनाउने बताए । उनका अनुसार रथयात्रामा २० देखि २५ हजारको सहभागिता रहनेछ ।