२०८२, १० जेष्ठ शुक्रबार
कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780
Categories
राजनिती समाचार

पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुको विकल्प छैनः मन्त्री पाण्डे

img

काठमाडौँ ३ पुस  । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नु पर्नेमा जोड दिएका छन्।बुधबार नेपाल हस्तकला महासंघ नेपालले पहिलो पटक राजधानीमा आयोजना गरेको नेपाल–चाइना संस्कृति शिखर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन्।मन्त्री पाण्डेले भने,ुपर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुको विकल्प छैन। निजी क्षेत्र अघिअघि सरकार पछिपछि भएपछि मात्रै पर्यटन क्षेत्रको विकास सम्पन्न हुने हो।ुउनले चिनियाँहरूले संस्कृति भित्र पनि अमूर्त पक्षलाई ‘स्टोरी टेलिङ’को माध्यमबाट पर्यटन क्षेत्रको प्रचार पसार गरिरहेको प्रति खुसी व्यक्त गरे। मन्त्री पाण्डेले भौतिक संस्कृतिले मात्रै धेरै कुरा नबोल्ने भएकाले मूर्त र अमूर्त संस्कृतिलाई जोड्न ‘स्टोरी टेलिङ’को महत्त्व हुने बताए।उनले प्रकृतिमाथिको खतराबाट जोगिन पर्यावरणमैत्री पर्यटनमा जोड दिए। मन्त्री पाण्डेले पछिल्लो समय आइटी क्षेत्रको विकासले शिखर चुमेको उल्लेख गर्दै डिजिटल टुरिजम विकास तर्फ समेत ध्यान दिएर अघि बढ्नु पर्नेमा जोड दिए।

उनले नेपाल र चीनबीच प्राचिन समयदेखि नै चित्रकला, काष्ठ कला लगायतका विषय समेत जोडिएको स्मरण गर्दै नेपाल चाइना शिखर सम्मेलनले दुई देशबीचको सम्बन्ध थप मजबुद हुने विश्वास व्यक्त गरे। उनले स्थलमार्ग र हवाईमार्ग मार्फत नेपाल प्रवेश गर्ने पर्यटकहरूको सहजताका लागि सरकारको तर्फबाट कुनै पनि कसुर बाँकी नराख्ने बताए।