२०८२, १० जेष्ठ शुक्रबार
कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780
Categories
समाचार स्थानीय

अर्नाको आक्रमणबाट एक जनाको मृत्यु

img

राजविराज,३ पुस । सप्तरीको हनुमाननगर कंकालिनी नगरपाकिला १३ स्थित कोशी पलारमा अर्नाको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ ।
     कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका अर्नाको आक्रमणमा परेर हनुमाननगर कंकालिनी नगरपालिका– ९ का ७० वर्षीय शुभेलाल मण्डलको मृत्यु भएको प्रहरी निरीक्षक उदाय कुमार राईले जानकारी दिनुभयो ।
    कोशी पलारस्थित खेतमा काम गर्दै आएका वेला अर्नाले उनलाई आक्रमण गरेको थियो । अर्नाको आक्रमणले गम्भिर घाईते भएका उनलाई स्थानीयले उद्धार गरी स्थानीयले गजेन्द्र अस्पतालमा भर्ना गरेपनि उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ  ।
      यस्तै सप्तरीको रुपनी बजारमा एक बेवारिसे शव फेला परेको छ । रुपनी गाउँपालिका– १ स्थित सामुदायिक भवनमा नामथर वतन नखुलेको अन्दाजी २८ वर्षको पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।