२०८२, १० जेष्ठ शुक्रबार
कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780
Categories
मधेश राष्ट्रिय समाचार

१२ वर्ष सम्म कैद सजाय तोकिएका दुई दर्जन फरार प्रतिवादी पक्राउ

img

राजविराज, १२ पुस । यहाँ २५ रुपैया जरिवाना गरिएका देखी १२ वर्ष कैद सम्म सजाय तोकिएका दुई दर्जन फरार प्रतिवादी पक्राउ गरेका छन ।
अदालतबाट विभिन्न मुद्दामा पैmसला भई कैद तथा जरिवाना भुक्तान बाँकी रहेका २३ पुरुष र एक महिला गरि २४ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार दश दिनको अवधीमा प्रहरीको बिभिन्न मातहतबाट खटिएको प्रहरी टोलीले पक्राउ परेका मध्ये कुटपीट मुद्दाका सर्वाधिक १६ जना छन । लुटपीटका ४ तथा गालाी बेइजत मुद्दाका २ जना छन ।
यस्तै कतर््ब्य ज्यान र मोटरसाईकल चोरी मुद्दाका १÷१ जना छन । पक्राउ परेका मध्ये कुटपीट मुद्दामा २५ रुपैया जरिवाना तोकिएका सप्तरीको रुपनी गाउँपालिका १ का रामविलास यादव समेत रहेको प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।

उनीहरुलाई पक्राउ गरी १२ वर्ष १० महिना कैद सजाय र १५ हजार ७ सय ४६ रुपैया जरिवाना बापत असुल गर्न बाँकी प्रहरीको भनाई छ ।
यो संगै चालु आर्थिक वर्षको हाल सम्मको अवधीमा पक्राउ परेका फरार प्रतिवादीको संख्या १ सय ७६ पुगेको छ । अपराध घट्नाको अनुसन्धान तथा अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा फरार भई लुकिछिपी वसेकाहरु उपर सुराकी र निगरानी बढाए संगै एक पछि अर्काे सफलता मिल्दै गएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिबडाले बताउनुभयो ।