२०८२, ११ जेष्ठ शनिबार
कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780
Categories
राष्ट्रिय समाचार स्थानीय

खडक नगरपालिकामा बालबिवाह मुक्त घोषणाको बार्षिक महोत्सव मनाइयो

img

राजविराज, १३ पुस  । खडक नगरपालिकाले बालबिवाह मुक्त घोषणा एक बर्ष पुरा भएको उपलक्षमा आज यहाँ बार्षिकमहोत्सव मनाइएका छन  ।
सेभ द चिल्ड्रेन÷सबल नेपालको सहकार्य तथा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले कल्याणपुरमा आयोजना गरेको उक्त कार्यक्रममा दिप प्रज्वलन गरिएको हो  ।
साथै कार्यक्रमका प्रमुख आतिथि नगरप्रमुख जयप्रकाश चौधरीले  केक काटेर सो बालबिवाह मुक्त घोषणाको बार्षिक उत्सव मनाइएको छ  ।
सो अवसरमा नगरप्रमुख चौधरीले लामो प्रयास पछि बालबिवाह मुक्त घोषणा गरिएको भन्दै थप चुनोति रहेकोले यसमा सहयोग गर्न सबैलाई आग्रह गरिएको छ  ।
यस पालिकामा अब हुने बालबिवाहलाई बिभिन्न बालकल्बका बालिकाहरुले रोक्नुपर्ने भन्दै अभिभावकहरुले समेत बालबिवाह आफना संतानको गर्नुहुदैन ।
महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख अनिता साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कार्यपालिका सदस्य गौरी चौधरी सहितकाले शुभकामना दिएका थिए  ।
खडक नगरपाकिलाका १ देखि ११ वटा वडाका बालकलब का भाइबहिनी सहित स्वास्थ्य शाखा प्रमुख दिनेश झा,पत्रकार अरुण यादव सबल नेपालका सुपरभाइजर अशोक कुमार साह लगायतको उपस्थित रहेको थियो  ।
गत बर्ष घोषणा गरिएको बालविवाह मुक्त घोषणा  खडक नगरपालिका जिल्ला तथा मधेश प्रदेशकै दोश्रो पालिका हो । यसअघि सप्तरीको सुरुङ्गा नगरपालिकालाई बालविवाह मुक्त पालिका घोषणा गरिएको थियो ।
यस्तै पालिकामा बसोवास गर्दै आएका विभिन्न समुदायका प्रतिनिधी तथा अभिावक समेतले सन्तानको २० वर्ष नपुगि विवाह नगर्ने गराउने, कतै भए रोक्ने र बहिष्कार गर्ने लगायतका प्रतिबद्धता समेत जनाइएका छन  ।
बालबिवाह मुक्त घोषणा गर्नु अघि उक्त पालिकामा ९ हजार ४ सय ३२ घरधूरी रहेको छ । प्रत्येक घरधुरीमा घरदैलो कार्यक्रम मार्फत समेत सचेतना कार्यक्रम गरिएका थिए ।
img

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780