२०८२, १० जेष्ठ शुक्रबार
कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780
Categories
मधेश राष्ट्रिय समाचार

राजविराजमा पहिलो संस्करणका विजेता जनकपुर बोल्टसका खेलाडीहरुलाई भब्य स्वागत र सम्मान

img

सप्तरी, १५ पुस । काठमाडौमा हाले सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणका विजेता जनकपुर बोल्टसका खेलाडीहरुलाई आज सप्तरीमा भब्य स्वागत र सम्मान गरिएको छ ।

मधेश प्रदेशको विभिन्न जिल्लामा ट्रफी परेड गर्दै आज साँझ सप्तरी आइपुगेका जनकपुर बोल्टसका खेलाडीहरुलाई सप्तरी सदरमुकाम राजविराजमा भब्य स्वागत र सम्मान गरिएको हो । विजयोत्सव मनाउने क्रममा राजविराज आइपुगेको टोलीलाई नगरवासीले फुलमाला अबिर तथा विभिन्न उपहारबाट स्वागत तथा सम्मान गरेका छन् ।

बिजेता टिमका खेलाडीलाई ट्रफीसहित नगरपरिक्रमा गराइएको थियो । नगर परिक्रमा पश्चात राजरंगशालामा राजविराज नगरपालिकाद्वारा आयोजित कार्यक्रममा कार्यवाहक नगर प्रमुख इसर परवीन र प्रजिअ भोला दाहालले विजेता टीमका खेलाडीलाई फुलमाला अबिर र कदरपत्रबाट सम्मान गर्नुभयो ।

विजेता टोली आईपुग्दा साँझ परेकाले रंगशालामा आधा दर्जनभन्दा बढी भ्यापर लाईट प्रयोग गरिएको थियो भने उत्साहित युवाहरुले लगातार आतिशबाजी गरेका थिए ।

विजेता टोलीसंगै आएका जनकपुृर बोल्टसका प्रबन्धक उत्सव वाग्ले, नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य समेत रहेका क्रिकेट संघ सप्तरीका अध्यक्ष आयुष श्रेष्ठले पहिलो आयोजनाको विजेता बन्न जनकपुर बोल्टस सफल भएको खुशियालीमा मधेश प्रदेशको ८ वटै जिल्लामा विजयोत्सव मनाउन थालिएको बताउनुभयो ।