२०८२, १० जेष्ठ शुक्रबार
कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780
Categories
कृषि राष्ट्रिय समाचार स्थानीय

अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नं. २ भुरकीमा दलित महिला कृषिबाट आयआर्जन गर्दै

img

ए.के यादव,राजविराज, २० पुस । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नं. २ भुरकीमा आफनो जिविकाउपार्जन गर्नका लागि कृषि,कुखुरा,हासबाट आम्दानी गर्नथालेको छ ।

सशिया महाराज दलित महिला कृषक समूहले पोषण समूह अन्र्तगत बिभिन्न कार्यमा जुटेका छन ।

समूहमा २७ जना दलित महिलाहरुलाई आयआर्जनका लागि त्यहाँ हाँसपालन(हासको अन्डा उत्पादन)का लागि राष्ट्रिय कृषक समूह महासंघ नेपालले सहयोग गरेका छन ।

समूहका अध्यक्ष श्रीकुमारी मण्डलले आफनो घर आगनको काम सकाएर तरकारी खेतिमा लागेको बताउनुभयो । पोषिलो खानाका लागि आफुहरु तरकारी खेतिमा हरियो सागसब्जी,काउली,प्याज ,लसुन,आलु,गोलभेडा लगायत अहिले बिभिन्न तरकारी खेति गरेर आर्यआर्जन समेत गरेको बताउनुभयो ।

समूहका सचिव दिलिप देवी खंगले यहाँका महिलाहरु मात्रै करिब ३० कठा जग्गामा बिभिन्न समय÷समयमा उब्जाउ हुने तरकारी खेती गर्ने गरेको बताउनुभयो ।

समूहका सदस्य सावित्री देवी खंगले काउली,आलु,भन्टा,मुला,राय साग,धनिया सहितका तरकारी आज भोली खेतमा लगाइएको सुनाउनुभयो । साथै करेसाबारीमा वैमोसमि हुने लिचि,नैवा,कागती समेत लगाएको जानकारी दिदै हस,कुखुरा समेत यहाँ आवद समुहका सदस्यले पालेको बताउनुभयो ।

सो पालनबाट समेत आम्दानी गरेर आफनो घरपरिवार चलाउनुका साथै आयआर्जन गर्ने श्रोत नै आफुहरुको भएको उहाँले बताउनुभयो । सबै थोकको पोषण युक्त तरहरी खेति र कुखुरा,हास, बखा्रपालन समेत गरेकाले यहाँका कृषक समूहलाई लाभ भएको राष्ट्रिय कृषक समूह महासंघले जनाइएको छ ।

उक्त कृषक महासंघले यहाँका कृषक समूहलाई खेतमा गरेको तरकारी खेतिमा किरा मार्ने औजार,पम्प,बिउबिजन सिजन अनुसार निःशुल्करुपमा सहयोग गरेको साथै कोदालो,कचिया लगायत प्रत्यक सदस्यलाई रु १५ हजारको कृषि औजार दिएका छन ।

गत बर्ष भने रु ४२ हजार मुल्यबराबरको ओजार दिएका थिए भने गाई,भौसी,बाख्रा,परेवा समेत पालेका छन ।

क्ृषक महासंघले उनीहरुको आयआर्जका लागि २ बर्षदेखि त्यहाँ सहयोग गर्दै आएको छ । यस ठाउँका कृषक महिलाहरुले आफै मल बनाएर खेतमा दिएर तरकारी खेति गरेपछि स्वादीस्ट तरकारी लाग्ने गरेको स्थानियबासीको भनाई छ ।

समय समयमा कृषकहरुलाई कृषि सम्बन्धी तालिम समेत दिएको समूहका सदस्य सरस्वती देवी खंगले बताउनुभयो ।

उक्त संस्थाले दलित महिलालाई स्तरबृद्धि कसरी गर्ने,आयआर्जन गरेर आफनो घर परिवारमा पोषण गतिबिधि सम्बन्धि व्यवहार परिर्वतन गर्नका लागि पछिलो बर्ष २०८० साल देखि उक्त समूहलाई भोचर मार्फत कृषि सामग्री,फलफुल र हाँस तथा कुखुराको खोर,हास राखिने खोर र कुखुराको चल्लाहरु प्रदान गरी बिकृति पोषण बागैचा निर्माण समेत गरेका छन ।

राष्ट्रिय कृषक समूह महासंघ मधेस प्रदेशका अध्यक्ष दीपक कुमार ठाकुरका अनुसार दोश्रो बर्ष २०८१ मा पनि ति कृषक समूहका सदस्य किसानलाई आफनो खेतिपाती गर्नका लागि कार्ड मार्फत करेला,बोडि,सिमी,फर्सी,भिण्डी र पातोदार तरकारीहरुको बिउविजन सहयोग गरेपछि तरकारी खेतिबाट यहाँका महिलाहरु आयआर्जन गर्नथालेको हो ।

उनीहरुले जैविक खेती प्रवद्र्धन गर्न झोलमल–३ बनाएर पोषण बगैचामा प्रयोग गरेका छन ।

समूहका सदस्यहरुले बिभिन्न पोषण व्यवहार परिर्वतन सेसनहरुमा पनि भाग लिएका छन । यसले पोषणप्रति उनीहरुको द्दान,दृष्टिकोण, र अभ्यासमा सकारात्मक परिर्वतन ल्याएको उहाँले बताउनुभयो ।

img

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780