२०८२, १० जेष्ठ शुक्रबार
कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780
Categories
कृषि समाचार स्थानीय

छिन्नमस्ता गाउँपालिकाद्धारा ५९ महिलालाई निःशुक्क विद्युत मिटर

img

सप्तरी, २० पुस । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले आर्थिक रूपमा कमजोर, सामाजिक रूपमा पछि परेका, एकल महिला, विपन्न वर्ग, र दलित समुदायका ५९ जना महिलालाई आज निःशुल्क मिटर वितरण गरेको छ ।
विद्युत् जडानका लागि टोल टोलमा तार रहे पनि मिटर किन्न समेत रकम अभाव रहेका महिलाईलाई विद्युत संचालनका लागि मिटर व्यावस्थापन गरिएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिनुभयो ।
आर्थिक रूपमा कमजोर, सामाजिक रूपमा पछि परेका, एकल महिला, विपन्न वर्ग, र दलित समुदायका परिवारमा विद्युत मिटर नभएका कारण जवरजस्ती डरकापले वालिरहेका विजुली वतीको समस्या प्रति मध्य नजर गर्दै निःशुल्क मिटर वितरण गरेको गाउँपालिका अध्यक्ष चौधरीले बताउनुभयो ।
मिटर नभएका कारण बत्ती वाल्न नसकिनाले बालबालिकालाई पठनपाठनमा बाधा, महिलाहरूको घर ब्यवहारमा समस्या र सानातिना रोजगारीका काममा समेत अप्ठ्यारो हुने र सामान्य जीवनका हरेक गतिविधिमा असुविधा भएको जनगुनासो पश्चात विद्युत प्राधिकरणको समन्वयमा मिटर वितरण गरेको हो ।