२०८२, १० जेष्ठ शुक्रबार
कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780
Categories
मधेश समाचार स्थानीय

लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट राससकर्मी यादव पुरस्कृत

img

सप्तरी, २६ पुस । ३१ औ लोकेन्द्र स्मृतिको  अवसरमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीले हरेक वर्ष प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार यस वर्ष राससकर्मी अरुणकुमार यादवले पाउनुभएको छ  ।
पत्रकार महासंघ शाखा सप्तरीद्वारा स्व.पत्रकार लोकेन्द्र बुढाथोकीको स्मृति एवं सम्मानमा स्थापना गरीएको उक्त २९ औ लोकेन्द्र पत्रकारिता पुरस्कार सप्तरीको राजविराजस्थित नेपाल पत्रकार महासंघ सभा हलमा आयोजित कार्यक्रममा सप्तरीलाई कार्यक्षेत्र बनाई बिगत १६ बर्षदेखि इमान्दार,निस्ठा कर्मठ र स्वकक्षरुपमा पत्रकारिता गर्दै आएका यादवलाई सो पुरस्कारबाट पुरस्कृत गरिएको हो  ।
कार्यक्रममा उच्च अदालत जनकपुर राजविराज इजलासका मुख्य न्यायाधीश बामदेव ज्ञवालीले पुरस्कृत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका २ सकरदही बस्ने पत्रकार यादवलाई नगद रू ५ हजार ५ र कदरपत्र सहित सम्मान पत्र प्रदान गरिएको छ ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि जनकपुर राजविराज उच्च अदालतका मुख्य न्यायाधीश बामदेव ज्ञवालीले पत्रकारको सत्यतथ्य ,स्वतन्त्र र निश्पक्ष स्वतन्त्रत कलमलाई नियन्त्रण गर्ने काम कसैले गर्न नहुने बताउनुभएको छ  ।
नेपालको संविधानले सूचनाकोहक सबैलाई भएकोले सूचनाको हकको प्रत्याभूति सबै नागरिकले गर्न पाउनुपर्ने भएपनि त्यसो हुन नसकेपनि सत्यतथ्य  सूचना दिने काम पत्रकारले गर्दै आएको धारणा व्यक्त गर्नुभयो  । पत्रकारिता पेशा चुनौतीपूर्ण रहेको बताउँदै पत्रकारिताको चुनौती अहिलेको परिस्थितिमा टेक्नोलोजीले बढाएको धारणा उहाँको रहेको थियोे ।
सेवा ग्राही बिचौलियनको चंगुलमा पर्दै आएकोले न्यायबाट बन्चित हुन बाध्यता भईरहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघका कार्यसमिति सदस्य समेत रहेका यादव बिगत १० बर्षदेखि नेपाल सरकारको आधिकारीक मिडिया राष्ट्रिय समाचार समिति(रासस)मा समाचारदाताका रुपमा कार्यरत हुनुहुन्छ ।
यसअघि पनि पुरस्कृत यादव गत बर्ष २०८० सालमा  आजको वातावरण पत्रिकाले प्रत्येक वर्षको प्रदान गर्दै आएको उमासिंह वातावरणिय पत्रकारिता पुरस्कारबाट समेत समानित हुनुभएको थियो  ।
सल्यान जिल्लाको कोटमौला गाविस घर भई सप्तरीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका लोकेन्द्र बुढाथोकीको २०५० सालमा हत्या भएपछि उनकै स्मृतीमा २०५१ सालमा यो पुरस्कारको स्थापना गरिएको थियो ।
बुढाथोकी दृष्टि साप्ताहिकका सप्तरी प्रतिनिधि तथा स्थानीय सगरमाथा आवाज सप्ताहिकका सह–सम्पादक थिए ।
राजविराजस्थित समाज कल्याण केन्द्रमा बसी एसएलसीको पढाइ पूरा गरेका बुढाथोकीको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा बिएल दोस्रो वर्षमा अध्ययनरत रहेकै अवस्थामा राजविराज ६ स्थित डेरामा रहस्यमय हत्या भएको थियो । नवीन साप्ताहिकबाट पत्रकारिता शुरू गरेका लोकेन्द्र दृष्टि साप्ताहिक, सगरमाथा आवाज साप्ताहिक गरि विभिन्न संचार माध्यममा कलम चलाउदै आएका थिए ।
यस्तै आजको वातावरण पत्रिकाले प्रत्येक वर्षको प्रदान गर्दै आएको उमासिंह वातावरणिय पुरस्कारबाट आजै सप्तरीको कंचनरूपबाट पत्रकारिता गर्दै आएकी अर्चना दर्जीलाई प्रदान गरेको छ  ।
उनलाई पत्रिकाको प्रकाशक बैद्यनाथ झाले सम्मान पत्र सहित नगद रु एक हजार १०५  प्रदान गरेर सम्मान गरेको हो ।
पुरस्कारको घोषणा पुरस्कार छनौट समिताका संयोजक मुरली प्रसाद यादवले गरेका थिए । कार्यक्रममा अग्रज पत्रकार तथा लोकेन्द्र बुढाथोकीको सहकर्मी मनोहर पोखरेलले उनको जिवनी माथि प्रकाश पारेका थिए ।
नेपाल पत्रकार महासंघको अध्यक्ष श्रवण कुमार देवकको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य द्वय राजु विश्वकर्मा,ललिता साह,नेपाल पत्रकार महासंघ पूर्व अध्यक्ष धिरेन्द्र साह,विष्णु कुमार मण्डल,मुरली प्रसाद यादव,वैद्यनाथ झा, प्रेस युनियनका अध्यक्ष विनयलाल कर्ण , प्रेस मञ्चका अध्यक्ष भुषण सिँह,प्रेस समाजवादी संगठनका अध्यक्ष अनिल पोखरेल, प्रेस संगठनका अध्यक्ष बिन्दु यादव ,वरिष्ठ पत्रकार अनिल अनल लगायतले आआफ्ना धारणा राखेका थिए । स्वागत मन्तब्य भने नेपाल पत्रकार महासंघका उपाध्यक्ष रामनारायण बिश्वासले गर्नुभएको थियो भने कार्यक्रम संचालन सह–सचिव डम्बर राईले गरेका थिए ।

img

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780