२०८२, १० जेष्ठ शुक्रबार
कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780
Categories
शिक्षा समाचार

समुन्नति र सिडा कार्यक्रम सम्बन्धी शुरुवति बैठक सम्पन्न

img

खडक , ०८ माघ  । खडक नगरपालिकामा समुन्नति कार्यक्रमकाे सुरुवाति वैठक सम्पन्न भएको छ ।
सेभ द चिल्ड्रेनको साझेदारीमा सबल नेपाल राजविराजकाे आयोजना एवम् खडक नगरपालिकाको समझदारीमा संचालित समुन्नति कार्यक्रमकाे वर्ष सन् २०२५ काे कार्यक्रम तथा बजेट बारे छलफल भएको छ । कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य र जिविकाेपार्जनकाे क्रियाकलाप र विनियाेजित बजेटमा केन्द्रीकृत भएर छलफल गरिएकाे छ।
उक्त छलफल पछि कार्यक्रम तथा बजेट प्रस्तुति भई नगरकार्यपालिकाका सदस्य तथा पद्धधिकारीहरुको सर्वसहमतिमा समुन्नति कार्यक्रम सम्बन्धी कार्यक्रम तथा बजेट पारित भएको वडा अध्यक्ष राजेन्द्र प्रसाद चौधरी देवेन्द्र प्रसादले जानकारी दिनुभएकाे छ।
सबल नेपालका अध्यक्ष जुना गिरीको अध्यक्षता तथा खडक नगरपालिकाका नगरप्रमुख जय प्रकाश चौधरी ज्युको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त बैठकमा बजेट प्रस्तुत पछी नगरपालिकाले समेत थप बजेट र कार्यक्रममा साझेदारी गरि हरित विधालय घाेषणा, जंक फुड फ्रि, प्लास्टिक जन्य पदार्थ मुक्त विधालय र समुदाय निर्माण, , शत्त प्रतिशत संस्थागत सुत्केरी, गुणस्तरीय शिक्षा, सीपमुलक ब्यवसायमा युवाकाे पहुँच, बाल श्रम मुक्त , बाल मैत्री स्थानीय शासन , लगायतका क्रियाकलापमा केन्द्रित रहेर कार्य गर्ने गराउने नगर जय प्रकाश चौधरीले प्रतिवद्धता समेत जनाउनु भएकाे छ ।
उक्त कार्यक्रममा वडा अध्यक्ष , शिक्षा, स्वास्थ्य , ईलाका प्रहरी ,कृषि लगायतका विषयगत शाखाका प्रमुखहरु र सबल नेपालका पद्धाधिकारी ,कर्मचारीहरु सहित ३६ जनाको सहभागिता रहेको कार्यक्रम सम्पन्न भएकाे छ ।

img

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780