२०८२, १० जेष्ठ शुक्रबार
कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780
Categories
मधेश समाचार स्थानीय

११५ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा खडक नगरपालिकामा बिभिन्न कार्यक्रमको आयोजना

img

राजविराज, २४ फागुन । ११५ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सवै महिला तथा बालबालिकाको लागीः अधिकार, क्षमता,सशक्तिकरण भने नाराका साथ खडक नगरपालिकामा बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
सेभ द चिल्ड्रेन÷सबल नेपाल,संकलपको समन्वय सहकार्य तथा नगर वाल कल्ब तथा युवा संजालको प्राबिधिक सहयोगमा महिला बालबालिका तथा जेष्ठ नागरीक शाखाले सप्तरीको कल्याणपुरमा आयोजना गरेको कार्यक्रममा वकतृत्वकला र बिभिन्न कार्यक्रम गरिएको छ ।
सो अवसरमा आयोजित वकतृत्वकलामा गायत्री कुमारी साह प्रथम,रुमल चौधरी दोस्रो ,कला कुमारी साह तेश्रो र निर्मला कुमारी चौधरी सान्तोना प्राप्त गरेका छन ।
उनीहरुलाई नगर उपप्रमुख रिता चौधरीले प्रथम , दोस्रो , तेस्रोलाई प्रमाणपत्र  भिते घडी समेत आयोजक द्वारा बितरण गरिएको छ ।
यस्तै घुमोरो दोडमा सुलेखा मण्डल प्रथम,किरण चौधरी दोश्रो,चन्द्रिका साह तेश्रो र हंस चौधरी सान्तोना प्राप्त गरेका छन । उनीहरुलाई समेत पुरस्कार तथा प्रमाणपत्र दिइएको छ । खडक नगरपालिकाका उपप्रमुख रिता चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बिभिन्न बाल क्लबका भाईबहिनीहरुद्धारा नृत्य समेत प्रस्तुत गरेको थिए । यसैगरी सुरुङा नगरपालिकामा महिला समूह द्वारा हस्त निर्मित सामाग्री तथा नाटक प्रदर्शनी कार्यक्रम गरि सम्पन्न भएको छ ।