२०८२, १० जेष्ठ शुक्रबार
कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780
Categories
शिक्षा समाचार स्थानीय

बालश्रम मुक्त वडा घोषणा सभा सम्पन्न

img

राजविराज, ७ चैत । “श्रम होइन शिक्षा देउ” भने नारा सहित आज यहाँ बालश्रम मुक्त वडा घोषणा सभा सम्पन्न भएको छ ।
सेभ द चिल्ड्रेन÷सबल नेपालको समन्वय तथा सहकार्य र सुरुङगाा नगरपालिका वडा बालमैत्री स्थानीय शासन वडा समितिले आयोजना गरेको बालश्रम मुक्त स्थानिय तह घोषणा अभियानमा बालश्रम निषेध र नियमित गर्न ऐन २०५६ बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यबिधी २०७७ बमोजिम विभिन्न जनचेतना मुलक कार्यक्रम गरि बालश्रम वडा घोषणा कार्यक्रम सम्पन्न भएको हो ।
सप्तरीको सुरुङगाा नगरपालिका वडा नं. ११ औरहा भज्जकामा आयोजित कार्यक्रममा प्रतिवेदन वडा सचिब सुनिता कुमारी चौधरीले प्रस्तुत गरेको थिए ।
नगर उप प्रमुख रुद्र बहादुर कार्कीको प्रमुख आतिथ्य तथा प्रशासकीय अधिकृत शुनिल कुमार पासवानको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा कार्यपालिका सदस्य , वडा सदस्य , स्वास्थ इन्चार्ज , महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा , सबल नेपालका परियोजना संयोजनक , प्रधानाध्यापक , बिद्यालय ब्यबस्थापन समिती स्वमसेबिका ,बुद्धिजीवीले समेत मन्तव्य दिएका थिए ।
बाल क्लबका बालबालिका द्वारा नृत्य प्रस्तुत गरिएको छ भने बालश्रम मुक्त अभियानमा सहयोग गर्न संस्था सरोकारवालाहरुलाई सम्मान गरिएको छ ।
सहभागी , सबल नेपालका कर्मचारी , सरोकारवाला , बालबालिका समेतको सहभागिता रहेको थिए । बडा अध्यक्ष तथा बालमैत्री स्थानीय शासन वडा समिति संयोजक राम कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रम बालमैत्री पालिका सुपरभाइजर बिशेन्द्र पासवानले संचालन गरेका थिए ।