२०८२, १० जेष्ठ शुक्रबार
कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780
Categories
मधेश समाचार स्थानीय

बालमैत्री स्थानिय शासन मुक्त वडा घोषणा सभा सम्पन्न

img

राजविराज, ११ चैत । “बालमैत्री स्थानिय शासन पद्धति र ब्यवहारः समृद्ध सुरुङगाको आधार” भने नारा सहित आज यहाँ बालमैत्री स्थानिय शासन मुक्त वडा घोषणा सभा सम्पन्न भएको छ ।
सेभ द चिल्ड्रेन÷सबल नेपालको समन्वय तथा सहकार्य र सुरुङगाा नगरपालिका वडा बालमैत्री स्थानीय शासन वडा समितिले आयोजना गरेको बालमैत्री स्थानिय शासन वडा घोषणा कार्यक्रम सम्पन्न भएको हो ।
सप्तरीको सुरुङगाा नगरपालिका वडा नं. ८ मलहनमामा आयोजित कार्यक्रममा प्रतिवेदन वडा सचिब संतोष कुमार चौधरीले प्रस्तुत गरेको थिए ।
नगरप्रमुख गिता चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा उप प्रमुख रुद्र बहादुर कार्की ,प्रशासकीय अधिकृत शुनिल कुमार पासवान , सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम संयोजक मकर बहादुर सार्की,सबल नेपालका फिल्ड म्यानेजर रोशन कुमार मण्डल बिशिस्ट आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा कार्यपालिका सदस्य , वडा सदस्य , स्वास्थ इन्चार्ज , महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा , सबल नेपालका परियोजना संयोजनक , प्रधानाध्यापक ,बिद्यालय ब्यबस्थापन समिती स्वमसेबिका ,बुद्धिजीवीले समेत मन्तव्य दिएका थिए ।
कार्यक्रम भने वडा अध्यक्ष श्याम प्रसाद साहको अध्यक्षतामा सम्पन्न भएको घोषणा कार्यक्रममा बिभिन्न ब्यक्तिहरुलाई समान्न गरिएको थियो भने कार्यक्रममा बालबालिकाहरुले समेत नृत्य प्रस्तुत गरेका थिए ।