२०८२, १० जेष्ठ शुक्रबार
कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780
Categories
मधेश समाचार स्थानीय

योजना छनौट प्रक्रियामा बालसहभागिता बिषयक अन्तरसम्बाद

img

राजविराज, ९ वैशाख ।  ” स्थानीय तहको योजना छनौट प्रक्रियामा बालसहभागिता बिषयक अन्तरसम्बाद” बालबालिकामा लगानी: सुनिस्चित भविष्यको थालनी भन्ने अबधारणाका साथ आज सबल नेपालद्वारा जिल्ला स्तरीय स्थानीय तहको योजना छनौट प्रक्रियामा बालसहभागिता बिषयक अन्तरसम्बाद कार्यक्रमको आयोजना गरिएको छ ।
स्थानीय स्तरमा शुरु हुन् लागेको योजना छनौट प्रक्रियामा बालबालिकाहरुको पनि योजनाको छनौट तथा सहभागिताको शुनीस्तिताको लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो । सेभ द चिल्ड्रेनको सहकार्यमा सबल नेपालद्वारा संचालित संकल्प #SIDA कार्यक्रम अन्तर्गत जिल्ला समन्वय समितिको अगुवाईमा आयोजना गरिएको हो ।
जिल्ला समन्वय समितको प्रमुख शिब नारायण साहको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा १८ वटै पालिकाको महिला तथा बालबालिका शाखाका प्रमुखहरु, पालिका स्तरीय बालक्लबका पदाधिकारीहरु, प्रमुख प्रसासकिय अधिकृतहरु, पालिकाका प्रमुख तथा उपप्रमुखज्युहरुको सहभागिता रहेको थियो । उक्त अबसरमा बालबालिकाहरुको योजना छनौटको लागि सबै पालिका ले आउने दिनमा बाल भेला गर्ने र त्यहाँ बाट आएका योजनाहरु प्रथिमिकिकरण गरि लाने प्रतिबद्धता सहभागीहरुद्वारा गरेको एबं आगामी योजनाको लागि सप्तरी घोषणा पत्र समेत जारि गरिएको थियो ।
img

Tags