२०८२, ११ जेष्ठ शनिबार
कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780
Categories
राष्ट्रिय शिक्षा समाचार

“बालबालिकामैत्री सेवा सुधारका लागि बाल कचहरी सम्पन्न”

img

बालबालिकाको दृष्टिकोणबाट सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले खडक नगरपालिकामा ‘बाल कचहरी’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। सबल नेपाल र Save the Children in Nepal को सहकार्यमा सञ्चालित ‘समुन्नति’ र ‘संकल्प’ परियोजना अन्तर्गत आयोजित यस कार्यक्रमले बालबालिकाको सरोकारमा आधारित संवादलाई प्राथमिकता दिएको छ।
नगर बाल सञ्जालका अध्यक्ष शिव शंकर मण्डलको अध्यक्षतामा आयोजीत उक्त कार्यक्रमा विशिष्ट अतिथिको रूपमा नगर उपप्रमुख रीता कुमारी चौधरी रहेका थिए भने अन्य अतिथिकोरुपमा प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनु, सेभ द चिल्ड्रेन का मकर बहादुर सार्की, शिक्षा अधिकृत बीरेन्द्र यादव, विद्यालयका प्रमुख र सरोकारवाला निकायका प्रतिनिधिहरु, सबल नेपालका प्रतिनिधि लगायतका उपस्थित थिए।
उक्त अबसरमा बालबालिकाहरुले सार्वजनिक सेवामा देखिएका चुनौती, कमीकमजोरी, र बालमैत्री वातावरणको अभावबारे स्पष्ट धारणा राख्दै सुधारका लागि सुझावहरू प्रस्तुत गरेक थिए ।
नगर सभाहलमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख जय प्रकाश चौधरीले बालमैत्री सेवा प्रवाहलाई संस्थागत गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले बालश्रमको अन्त्य र बालमैत्री नीति निर्माणमा नगरपालिकाले अग्रसरता लिने बताउनुभयो।

img

Tags