२०८२, ११ जेष्ठ शनिबार
कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780
Categories
समाचार स्थानीय

महिला स्वास्थ्य स्वयंसेविका दिवस विभिन्न कार्यक्रम गरि मनायो 

img

   राजविराज, २१ मङ्सिर । स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वयंसेविकाको संयुक्त प्रयासू    भन्ने नारा सहित २१ औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा खडक नगरपालिकामा  बिभिन्न कार्यक्रम गरि मनाएका  छ ।
  समुन्नति कार्यक्रमको सबल नेपाल र सेभ द चिल्ड्रेन साझेदारी तथा स्वास्थ शाखा कल्याणपुर सप्तरीको  आयोजनामा खडक नगरपालिकाको हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
हरेक वर्ष डिसेम्बर ५ तारिखका दिन महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाउने गरिन्छ ।
स्वयंसेविकाहरुले परिवार नियोजनबारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वास सम्बन्धि रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता काम गर्दै आएका छन् ।
  महिलासामुदायिक  स्वास्थ स्वयं सेविकाज्युहरुमा हार्दिक मंगलमय शुभकामना दिनुका साथै उमेर हद नाघेका स्वम सेविका कुशमी देबि मण्डलाई खडक  नगरपालिकाको स्वास्थ शाखा तथा वडा अध्यक्ष राजेन्द्र प्रसाद चौधरी लगायतकालाई समान्न  गरिएको थियो  । खडक नगरपालिका अन्तर्गत ७३ जना  महिला स्वास्थ्य स्वयंसेविका  कार्यरत छन् ।
खडक नगरपालिकाका स्वास्थ शाखा संयोजन दिनेश कुमार झाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रशासन शाखा प्रमुख रामाकान्त चौधरी , स्वास्थ शाख गाया प्रसाद  चौधरी, स्वास्थ संस्था प्रमुख ,सबल नेपालको कर्मचारी , १देखि ११ वडाका महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेको छ ।