२०८२, १२ जेष्ठ आईतवार
Categories
शिक्षा स्थानीय

पढाई छाडेकालाई पुनः बिद्यालयमा जान साईकल, ब्याग प्रदान

img

राजविराज, २४ मङ्सिर । बिद्यालयमा पढाई छाडेका एक छात्रालाई पुनः बिद्यालय पढनका लागि जान साईकल, ब्याग र बिद्यालय पोशाक प्रदान गरिएको छ ।
युएसएआइडी समन्तामुलक र समावेशी शिक्षा अन्र्तगत आसमान नेपालको समन्वयमा सप्तरीको छिन्नमता गाउँपालिका १ का कक्षा ९ की अस्मिता कुमारी रामलाई नियमित बिद्यालय जनाका लागि साईकल , बिद्यालय पोशाक र ब्याग प्रदान गरिएको छ ।
बिष्णपुर गाउँपालिकास्थित रुद्रनारायण मा.बि गोरगामा पढि रहेकी उनलाई आर्थिक अवस्था कमजोर भएर पढाई छाडेकी उनलाई नेबिसंघका केन्द्रीय सदस्य तिर्थनारायण दास र कुन्दन मण्डलले उक्त सामग्री उपल्बध गाइएको आसमान नेपालका समुदायिक परिचालक बिवेक कुमार चौरसियाले जानकारी दिए ।
साईकल , बिद्यालय पोशाक र ब्याग पाएपछि उनी आजेदेखि बिद्यालय पढन सुरु गरेको छ ।

img