२०८२, १० जेष्ठ शुक्रबार
कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780
Categories
मधेश समाचार स्थानीय

काँग्रेस पार्टीद्धारा पत्रकार महासंघमा प्रेस युनियनबाट नवनिर्वाचित अध्यक्ष देवसहित अन्य पद्धाधिकारीहरुलाई समान 

img

राजविराज, ५ पुस  । नेपाली काँग्रेस पार्टीले पत्रकार महासंघमा निर्वाचित प्रेस युनियनका पद्धाधिकारीहरुलाई आज समान्न गरेको छ  ।
नेपाली काँग्रेस  पार्टी कार्यालय राजविराजमा बिहीवार आयोजित समान्न कार्यक्रममा हाले सम्पन्न नेपाल पत्रकार महासंघ शाखा सप्तरीको निर्वाचनमा नेपाल प्रेस युनियनको नेतृत्वमा निर्वाचित आवद्ध सदस्यहरुलाई सामन्न गरेको हो  ।
पार्टी सभापति रामदेव साहको अध्यक्षतमा सम्पन्न भएको समान्न कार्यक्रममा नेपाल पत्रकार महासंघको अध्यक्षमा दोश्रो पटक निर्वाचित अध्यक्ष श्रवणकुमार देव, महिला उपाध्यक्ष सुधादेव,कोषाध्यक्ष नविन कुमार गुप्ता,मधेसी सदस्य अरुणकुमार यादव, समावेशी सदस्य परिष कर्ण, सदस्य रामनारायण यादव,राष्ट्रिय परिषद सदस्य मनोज कुमार माझी,प्रदेश परिषद सदस्य गणेशलाल देव,नरेश चौधरी,पवन मिश्र,शैलेन्द्र झा र लोकेन्द्र प्रसाद यादवलाई प्रमानपत्र दोस्ला र फुलमाला सहित समान्न गरेको छ  । साथै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साहलाई समेत सामन्न गरेको छ  ।
उक्त अवसरमा नवनिर्वाचित नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवणकुमार देवले नेपाली काँग्रेसले निर्वाचनको बेला प्रत्यक्ष तथा अवप्रत्येक्ष सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ  ।  उहाँले प्रेस युनियन र पार्टीले सहयोग गरेका कारण पत्रकार महासंघको निर्वाचनमा ९५ प्रतिशत गठबन्धनका उम्मेदवार बिजयी भएको बताउदै पछिलो पटक निर्वाचित भएको बेला पटक पटकको सर्घषले गर्न नसकिएको कार्यहरु र पत्रकारीत क्षेत्रको बिकासको लागि आफनो नेतृत्वले अगाडी बढने बिश्वास दिलाउनुभयो  ।
कार्यक्रममा महासंघका पुर्व अध्यक्ष धिरेन्द्र प्रसाद साहले पत्रकारीता क्षेत्रमा ३० बर्षदेखि बिभिन्न समयमा प्रेस युनियनले पत्रकार महासघंमा नेतृत्व गर्दै आएको बताउदै  पहिलो पटक नेपाली काँग्रेस पार्टीले आज महासंघमा निर्वाचित भएकाहरुरुलाई समान्न गरेकोले  सराहनीय कार्य भएको बताउनुभयो  । प्रेस युनियन सप्तरीका अध्यक्ष बिनयलाल कर्णले हाले समपन्न पत्रकार महासंघको निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै काँग्रेस पार्टीले निर्वाचितहरुलाई समान्न गर्नु खुशीको कुरा भएको बताउनुभयो  ।
प्रेस युनियनका मधेस प्रदेश सचिव मनोज कुमार माझीले नव निर्वाचित सबैलाई सफलताको शुभकामना दिदै पत्रकार महासंघमा काँग्रेस पार्टीले युनियनलाई जिताउन खेलेको भुमिका प्रति आभार ब्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा महामन्त्री इर्षाद अन्सारीले जनआन्दोलन पछि पत्रकारीता क्षेत्रको बिकास भएको भन्दै जनताले चाहेको अनुसार सत्य,निश्पक्ष समाचार समप्रेशन गर्नका लागि नवनिर्वाचितहरु सदस्यहरुलाई आग्रह गरेको छ  ।
काँग्रेस पार्टीका प्रवक्तता नन्दकिसोर यादवले प्रेस स्वतन्त्रतालाई लिएर अगाडी बढनुपर्ने बताउदै नेपाल पत्रकार महासंघमा निर्वाचितहरुलाई शुभकामना दिदै सफल कार्यकालको शुभकामना समेत दिएका छन  । कार्यक्रम संचालन भने काँग्रेस पार्टीका सचिव सन्त मण्डलले गरेका थिए  ।
img

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780