२०८२, ११ जेष्ठ शनिबार
कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780
Categories
समाचार स्थानीय

पाँच वर्ष अघि नाबालकको हत्यामा संलग्न फरार सबालक पक्राउ

img

राजविराज, ८ पुस । पाँच वर्षअघि एक नाबालकको हत्यामा संलग्नता रहेको कसुरमा जिल्ला र तत्तकालिन पुनरावेदन अदालतले कैद सजाय फैसला गरि फरार रहेका एक युवालाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ का २१ वर्षिय एक युवा रहेको प्रहरीले जनाएको छ । घटनाका बेला भने उनी नाबालक रहेकाले उनको नाम भने प्रहरीले खोलाएका छैनन् ।
अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा पक्राउ परेका उनलाई सोमबार नै कैद सजाय भुक्तानका लागि बालसुधार गृह बिरगंज पर्सामा पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी जितेन्द्र कुमार बस्नेतका अनुसार ती २१ वर्षिय युवा (तत्तकालिन १६ वर्षिय नाबालक) सहित तीन जना मिलेर २०७६ साल चैत ३० गते सोही स्थानका नाबालक सुरज साहको हत्या गरि कोशी तटबन्धको झारीमा शव फ्याकी फरार भएका थिए । हत्याको अभियोग लागेका तीन जना मध्ये एक जना सबालक र दुई जना नाबालक थिए । जसमा एक सबालक र एक नाबलकले अदालतको फैसला अनुसार कैद सजाय भोगिरहेका छन् ।
तीनै जना अभियुक्तहरुलाई उक्त कर्तव्य ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतले २५ वर्षको कैद सजायको फैसला सुनाएको थियो । पछि अभियुक्तहरुले पुनरावेदन गरेपछी तत्कालिन पुनरावेदन अदालत राजविराजले कैद सजाय घटाई उनीहरुलाई जनही १२ वर्ष ६ महिना कैद सजाय हुने फैसला गरेको थियो ।
इलाका प्रहरी कार्यालय भारदह सप्तरीबाट खटिएको प्रहरी टोलीले ती युवालाई आइतबार खोजतलास गरी पक्राउ गरी जिल्ला अदालत राजविराजमा दाखिला गरि अदालतको आदेशानुसार बालसुधार गृह बिरगंज पर्सा पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

img

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780