२०८२, ११ जेष्ठ शनिबार
कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780
Categories
समाचार स्थानीय

अन्तरसंवाद कार्यक्रम सम्पन्न

img

राजविराज, १० पुस । समाबेशी तथा दिगो भविष्यको पूर्बधार, अपाङ्गता भएको ब्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार मूल नाराको साथ जिल्ला स्तरीय सरोकारवाला बीच अपांगताहरुको सवालमा एक दिवसीय अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ ।
सेभ द चिल्ड्रेन र सबल नेपालको नागरिक समाज सवलिकरण परियोजनाको आर्थिक तथा प्राबिधिक सहयोगमा र सागरमाथा अपांग कल्याण संघ सप्तरीको आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको छ ।
जिल्ला समन्वय समितिको प्रमुख शिवनारायण साहको प्रमुख अतिथ्यमा सम्पन्न भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादव, जिल्ला प्रहरी कार्यालय प्रमुख ढकेन्द्र खतिवडा, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रुपराम तिरुवा र बिभिन्न सरकारी कार्यालय र जिल्ला स्तरीय संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
सागरमाथा अपांग कल्याण संघको अध्यक्षतामा १८ वटा पालिकाको ६८ जना फरक फरक क्षमता भएको अपांगता ब्यक्तिहरुको सहभागितामा अन्तर संवाद कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त संवाद कार्यक्रमको मुख्य उद्देश्य १० राज्यको नीति र कार्यविधिमा अपांगता भएको समुदायको लागि ब्यबस्था गरेको अधिकार सम्बन्धि सचेतना जगाइएका थिए ।