२०८२, १० जेष्ठ शुक्रबार
कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780
Categories
राष्ट्रिय समाचार स्वास्थ्य

१४ बर्षकै उमेरमा बालिकाको जन्मियो शिशु, गर्भवती बनाउने युवक फरार

img

राजविराज, २२ पुस । माया र प्रेमको जालमा फसाइँ एक बालिकालाई गर्भवती बनाएर युवक फरार भएका छन् । युवक फरार भएको अवस्थामा बालिकाको बच्चा पनि जन्मिएको छ ।

घट्ना सप्तरी जिल्लाकै हो । जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ७ हाटी निवासी बालिकाको १४ बर्षकै उमेरमा बच्चा जन्मेको छ ।

छिमेकी रामअवतार मण्डलका २२ बर्षीय छोरा प्रमोदले माया, प्रेमको जालमा पारी गर्भवती बनाएको बालिकाले सोमबार राजविराजमा पत्रकारहरु समक्ष बताएकी छन् ।

नेपाल पत्रकार महासंघ, सप्तरीमा सोमबार आफ्ना वृद्ध आमाबुवासँगै आएकी बालिकाले घरमा कामका लागि राखेर आफ्नो यौन शोषण गरेको बताइन् । ज्याला दिने भन्दै छिमेकी रामअवतार मंडलले घरमा काम गर्न राखेको बालिकाको भनाई छ । त्यहीं क्रममा रामअवतारका छोरा प्रमोदले माया, प्रेमको जालमा पारी यौन शोषण गरेको बालिकाको भनाई छ ।

प्रमोदको गर्भ बोकेपछि विवाह गर्ने लोभ देखाएको बालिकाले बताइन् । ‘१५ दिन युवक र उनका परिवारले स्वीकार गरेर घरमा पनि राखे’ बालिकाले भनिन्, ‘घरमा राख्ने क्रममा गालीगलौज र कुटपिट समेत गर्दै घरनिकाला ग¥यो ।’

काखे छोरीसहित पत्रकार समक्ष उपस्थित भएकी बालिकाले आफूलाई घरबाट निकाला गरेपछि प्रमोद पनि गाउँबाट भागेको बताइन् ।

यसबारे प्रहरीमा पनि उजुरी दिएको उनले बताइन् । बालिकासहित उनका परिवारले न्याय दिलाइदिन सबै समक्ष आग्रह गरेका छन् ।

न्याय नपाए आफ्नै शरीरमा आगो लगाएर ज्यान दिने बालिकाकी आमाले पत्रकार सम्मेलनमा बताइन् ।
समाचार श्रोतः ई ग्रीन मधेस अनलाइनबाट

 

img

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780