२०८२, १० जेष्ठ शुक्रबार
कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780
Categories
मधेश राष्ट्रिय स्वास्थ्य

मुख्यमन्त्री सिँहद्धारा राजविराजको सात वटा अस्पतालमा अनुगमन

img

 

सप्तरी, ३ चैत । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले आज राजविराजको बिभिन्न सात वटा अस्पतालमा अनुगमन गर्नुभएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले आफ्नो गृहजिल्ला सप्तरीको सदरमुकाम राजविराजमा रहेको अस्पतालहरुको अनुगमन गर्नुभएको हो ।

अनुगमनको क्रममा स्वास्थ्य क्लिनिकको सेवा सञ्चालन अनुमति लिएर पोलिक्लिनिक सञ्चालन गरिरहेका सप्तरी सदरमुकाम राजविराजस्थित प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर बन्द गर्न निर्देशन दिनुभयो ।

यस्तै राजविराजमा सञ्चालन हुँदैआएको भारती इमेजिङ सेन्टरलाई समेत बन्द गर्न निर्देशन दिनुभएको छ ।

सेन्टरसँग सेवा सञ्चालन गर्ने अनुमतिपत्र नरहेकाले मुख्यमन्त्री सिँहले बन्द गर्न निर्देशन दिनुभएको प्रदेश स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत एवम् अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोषकुमार ठाकुरले बताउनुभयो ।

स्थानीय तहबाट १५ शय्याको सेवा सञ्चालन अनुमतिपत्र प्राप्त गरेका तर मापदण्ड पुरा नगरेका अनार भुवनेश्वर हस्पिटल प्रालि र सञ्जनदीप हस्पिटललाई दुई महिनाभित्र मापदण्ड पुरा गर्न निर्देशन समेत दिइएको छ ।

सेवा सञ्चालन अनुमति प्राप्त गरेको ५० शय्याको युनिक सिटी अस्पताललाई दुई महिनाभित्र नवीकरण गराउन समेत भनिएको छ । यो अस्पताल संचालनमा रहेपनि नवीकरण भने नगराइएकाले छिटो नवीकरण गर्नु अस्पताललाई भनिएको छ ।

यसैगरी दुई सय शय्याको छिन्नमस्ता अस्पतालको अवस्था सन्तोषजनक पाइए पनि सरसफाइ व्यवस्थापनमा थप जोडबल गर्न मुख्यमन्त्री सिँहले आग्रह गर्नुभयो ।

मुख्यमन्त्री सिँहले राजविराजकै गजेन्द्रनारायण सिँह अस्पतालको समेत अनुगमन गर्नुभएको छ । अनुगमनक्रममा अस्पतालको सेवाको गुणस्तर बढाउन तथा उचित जनशक्ति व्यवस्थापनमा ध्यान दिन मुख्यमन्त्री सिँहले अस्पताल प्रशासनको ध्यानाआकर्षन गराउनुभयो ।

संघ सरकार मातहत सञ्चालित गजेन्द्रनारायण सिँह अस्पतालमा आकस्मिक कक्षमा मेडिकल अफिसर नरहेका, बिदा स्वीकृतिबिना केही जनशक्ति कार्यस्थलमा नभेटिएका र ल्याबको आम्दानीमा ५० प्रतिशतभन्दा बढी कमी आएको जस्ता समस्या देखिएका छन् ।

मुख्यमन्त्री सिँहले सो अस्पतालमा जनशक्ति व्यवस्थापन, सेवा थप र उपकरण उपलब्धता आदिका विषयमा संघीय स्वास्थ्य मन्त्रीसँग आग्रह गरिने बताउनुभयो ।

img

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780